Posts

Showing posts from April, 2020

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली!!!!

Image
नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली !  आफूलाई चतुर नेताको रुपमा प्रस्तुत गर्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर नेपाल भ्रमणमा आउने खबरले चर्चा पाइरहेको छ । यही बेला नरेन्द्र मोदीको झूठको ठूला पर्दाहरु खुल्ने संकेत देखिएको छ । उनले आफूलाई मानविकी संकायको डिग्री होल्डर बताउँदै आए पनि वास्तवमा उनले कुनै डिग्री नलिएका र डिग्रीको सर्टिफिकेट नै नक्कली हुनसक्ने आधारहरु तयार हुन थालेका छन् । आम आद्मी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीको बिषयमा छानबिन हुनुपर्ने माग गरेपछि यो बिषयमा छानबिन सुरु भएको छ । केजरीवालले भारतका मुख्य सूचना आयुक्तलाई एक चिठी नै लेखेर नरेन्द्र मोदीको डिग्रीको बिषयमा मागिएको जानकारी उपलब्ध गराउन आग्रह गरेका छन् । केजरीवालले एक मिडिया रिपोर्टमा भनेका छन् कि केन्द्रीय सूचना आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्रीभित्रको फट्याईंलाई छोप्न खोजेको र डिग्रीको बिषयमा आवश्यक जानकारी दिन अस्वीकार गरेको छ । उनले मोदीको डिग्रीको बिषयमा सूचना नदिए यसले गलत परम्परा ब...

लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने:

Image
लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने लकडाउनको समयमा काम नगर्ने कुनै पनि कर्मचारीको तलब काट्न नपाइने भएको छ । लकडाउनको कारण घरमै बस्न बाध्य भएका सबै कर्मचारीको तलब काट्न नपाउने सरकारले निर्णय गरेको हो ।यस अवधीलाई सार्वजनिक विदामा मिलाउन सूचनामा भनिएको छ ।सोमबार राजपत्रमा प्रकाशित भए अनुसार सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउने  गरी त्यसरी विदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउन हाललाई बैशाख २५ गतेसम्म कायम गरिएको छ।

वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ:

Image
 वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए। ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका ...

२ जना संक्रमित थपिए, संक्रमित संख्या ४७ पुग्यो:

Image
२ जना संक्रमित थपिए, संक्रमित संख्या ४७ पुग्यो: बिहीबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। र्‍यापिड परीक्षणमा कोरोना पोजेटिभ आएपछि थप परीक्षणका क्रममा थप २ जनामा कोरोना संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए। जनकपुर र उदयपुरका २ जनामा कोरोना संक्रमण देखिएको उनले बताए। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यीमध्ये ९ जना उपचारपछि निको भइसकेका छन्। 

नेपालमा थप ३ जनामा कोरोना देखियो, संक्रमितको संख्या ४५ पुग्यो:

Image
कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४५ पुग्यो: नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षणका क्रममा २४ ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए।

काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण पोजेटिभ देखियो:

Image
काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण पोजेटिभ देखियो: काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जजना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई पिसिआर परीक्षण गरिने भएको छ । उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । टेकु अस्पतालकै आइसोलेसनमा उनीहरुको पिसिर हुँदै गरेको बास्तोलाले जानकारी दिए । रातोपाटी

निजी विद्यालय वैशाख १५ देखि खुल्ने:

Image
निजी विद्यालय वैशाख १५ देखि खुल्ने: निजी विद्यालयले एक सातापछि अर्थात् वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् । कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्नालगायतका सम्पँर्ण काम ठप्प छ । सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ । अधिकांश विद्यालयले कक्षा १–९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् । चैत पहिलो साता केही ठँला विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति तय गरेका थिए । चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन् भने केहीको परीक्षा रद्द भएको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताए । उनले भने– ‘वैशाख १५ बाटै अनलाइनमार्फत भर्ना, प्रवेश परीक्षा र परीक्षाफल प्रकाशित गर्ने काम गर्नेछौं ।’ सरकारले लकडाउन खुला गरे पनि तत्काल विद्यालय खोल्न अनुमति दिँदैन ।पु...

नेपालमा फेरि ९ जनामा कोरोना देखियो, संक्रमित ४० पुग्यो:

Image
नेपालमा फेरि ९ जनामा कोरोना देखियो, संक्रमित ४० पुग्यो: नेपालमा मंगलबार एकै दिन ९ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना भाइरस संक्रमित संख्या ४० पुगेको छ । उदयपुरमा साउदीबाट नेपाल फर्केका ३३ वर्षीय युवकसहित ९ जनामा कोरोना देखिएको हो । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि पुन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परीक्षण गर्दा समेत रिपोर्ट पोजेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।

आजदेखी जिरो ब्यालेन्समा पनि टेलिकमबाट फोन र डेटा चलाउन सकिने:

Image
आजदेखी जिरो ब्यालेन्समा पनि टेलिकमबाट फोन र डेटा चलाउन सकिने: नेपाल टेलिकमले लकडाउनको समयमा निःशूल्क सेवा दिने भएको छ । कम्पनीले वितरण गरेका सिम कार्डमा ब्यालेन्स न्युन भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने छन् । यो सुविधा सोमबार राती १२ बजेबाट लागु हुनेछ । ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि कम्पनीले यो विशेष प्याकेज सार्वजनिक गरिएको हो । जिरो ब्यालेन्स नाम दिइएको प्याकेजमा टेलिकमले नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी २५ वटा अन-नेट एसएमएस, ५० मिनेट अन-नेट भ्वाइस, एक सय एमबी डेटा उपलब्ध गराउनेछ । आगामी २ दिनसम्म उपलब्ध गराइने यो प्याकेजको अवधि ७ दिनको हुने बताइएको छ । प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने कम्पनीले जनाएको छ । उक्त एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिनेछ । सो प्याकेज लिन अयोग्य नम्बरमा भने प्याकेज प्रदान गर्न नसकिएको जानकारी प्राप्त हुनेछ । प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई मात्र उपलब्ध ग...

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री

Image
कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । उनले भारतमा सङ्क्रमणको स्थिति मुल्यांक गरेरमात्र सीमा खोल्ने विषयमा स्पष्ट पारिने बताए । शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताए । सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको प्रधानमन्त्रीको भनाइ थियो । कोरोना भाइरस विश्वमा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताए । प्रधानमन्त्रीले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो...

जेठ १५ अगाडि विद्यालय खुल्दैनन् !

Image
जेठ १५ अगाडि विद्यालय खुल्दैनन् ! कोरोना भाइरस (कोभिड–१९) का कारण अरु जस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन भने एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक गर्न सकिएको छैन । यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ । साथै, कारोनाको त्रा स कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘कोरोनाको त्रा स कहिलेसम्म रहन्छ, कसैलाई पनि थाहा छैन । भारतमा कोरोना अन्त्य नभएसम्म हामी सधँै त्र सि त हुनुपर्ने भएकाले शिक्षामा वैकल्पिक व्यवस्था गर्न लागेका छौँ ।’ निजी विद्यालयहरुको छाता संगठन (प्याब्सन)का अध्यक्ष टिकाराम पुरी भन्छन्, ‘वैशाख १५ मै लकडाउन खुलेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन ।’ लकडाउन खोलेको एक सातामा रिजल्ट प्रकाशित गर्ने र त्यसपछि भर्ना लिने मन्त्रालयको प्रस्तावमा आफूहरुको सहमति रहेको भन्दै उनले भने, ‘लकडाउन खुलेपछि रिजल्ट प्रकाशन, भर्ना र पाठ्यपुस...

के तपाईँले राहत पाउनु भएको छैन ? यी व्यक्तिलाई एसएमएस गर्नुहोस्(मोबाइल नम्बरसहित)

Image
के तपाईँले राहत पाउनु भएको छैन ? यी व्यक्तिलाई एसएमएस गर्नुहोस्(मोबाइल नम्बरसहित) सङ्घीय मामिला तथा सामान्य प्रशासनले राहत पाउन नसकेका व्यक्तिहरूलाई एसएमएसमार्फत जानकारी गराउन सूचना प्रकाशित गरेको छ । मन्त्रालयले आइतबार सात वटै प्रदेशका लागि सात जना उपसचिवहरूलाई फोकल पर्सन तोकेर राहत पाउन नसकेका वर्गका व्यक्तिलाई सम्पर्क गर्न सूचना जारी गरेको हो । साथै आ–आफ्नो टोल छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरूको बारेमा एसएमएसमार्फत सम्पर्क गराई दिई सहयोग गर्न समेत सबैलाई आग्रह गरेको छ  लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग, मजदुर, विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या नहोस् भनी स्थानीय तहहरूमा मार्फत राहत उपलब्ध गराउँदै आएकोमा कहिँकतै त्यस्ता नागरिकले राहत प्राप्त गर्न नसकेको भए स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने उद्देश्यले अधिकारीहहरुलाई तोकिएको मन्त्रालयले जनाएको हो।

S.E.E updates....

Image
एसईई परीक्षा बारे सरकारले बोल्यो: कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तिम समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चित कालका लागि स्थगित भएको छ । यस्तो अवस्थामा कुनै सूचना नआउँदा विद्यार्थी अन्यौलमा थिए । पछिल्लोपटक सरकारले गरेको निर्णयअनुसार वैशाख १५ सम्म लकडाउन कायम रहनेछ । त्यसपछि पनि लकडाउन खुल्ने नखुल्ने यसै भन्न सकिन्न । यसले परीक्षाको तयारीमा रहेका विद्यार्थी र अभिभावकमा एसईई परीक्षा के हुन्छ भन्ने चासो बढेको छ । सरकारको अहिलेसम्मको तयारी हेर्दा ढिलो चाँडो परीक्षा गर्ने नै देखिन्छ । परीक्षा गर्नुको विकल्प पनि छैन । परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा राय दिन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा कार्यदल नै बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको अहिलेसम्मको तयारी भने लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने रहेको स्रोतले बताएको छ ।

नेपालमा एकै दिन १४ संक्रमित थपिए, संक्रमितकाे संख्या ३० पुग्याे:

Image
नेपालमा एकै दिन १४ संक्रमित थपिए, संक्रमितकाे संख्या ३० पुग्याे: नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । मन्त्रालयले जारी गरेको विवरण अनुसार कोभिड १९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ । जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०,४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) रहेको मन्त्रालयले जनाएको छ । उदयपुरका संक्रमित मध्ये केही केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् ।

Ncell Support :

Image
For the Treatment of corona Pandemic नेपाल सरकारको कोरोनाभाइरस रोकथाम कार्यक्रममा सहयोग गर्न *17100# डायल गरी तपाईंको स्वास्थ्य स्थितीबारे जानकारी दिनुहोला |  Lockdown ko samaya ma ghar mai basnuhos. Coronavirus sambandhi nimna hotline number ma doctor sanga nishulka paramarsha lina sakincha. Nepal Sarkar hotline: 1115,1133, 9851255839, 9851255837, 9851255834

Food Distribution Program:

Image

Corona Pandemic Updates;

Image
Lockdown लकडाउन कहिलेसम्म ? रिसर्चर भन्छन्–‘अवस्था यही रहे सन् २०२२ सम्म’ विश्वभर कहर मच्चाएको कोरोनाभाइरसको संक्रमण थामिने कुुनै संकेत देखिएको छैन । विश्वभर करीब २० लाखभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । करीब १ लाख ३० हजार मानिसहरुले यो भाइरसको संक्रमणबाट आफ्नो ज्यान गुुमाइसकेका छन् । तर पनि अहिलेसम्म यसको न त कुुनै औष्ािध आएको छ, न त कुुनै भ्याक्सिन नै विकसित भएको छ । यसबाट बच्ने एउटा मात्रै उत्तम उपाय हो सामाजिक दुुरी कायम गर्नुु । अर्थात मानिसबाट टाढा बस्नुु ।  विश्व स्वास्थ्य संगठनका साथै विश्वका सबैजसो देशहरुले सामाजिक दुुरीलाई प्राथमिकतामा राखेका छन् । यहीकारण नेपालसहित विश्वका कयौं देशहरु लकडाउनमा उत्रिएका छन् ।  लकडाउनले घरमै बस्नुु पर्दा मानिसहरु आजित भइरहेका छन् । तर, आखिर कहिलेसम्म घरमै बसिरहनुुपर्ने हो होला ? विश्वका देशहरुले लागू गरिरहेका लकडाउन कहिलेसम्म जारी रहने हो ? यसको जवाफ आएको छ–अमेरिकी अनुुसन्धानका तर्फबाट ।  हार्वट टि एच चान स्कुुल अफ पब्लिक हेल्थका अनुुसन्धानकर्ताले साइन्स जर्नलमा एउटा अनुुसन्धान प्रकाशन गरेका ...

Facebook Update!

Image
Facebook Start Study app: Give Data Take Money अब फेसबुकबाट प्रयोगकर्ताले पैसा कमाउन सक्ने भएका छन् । कम्पनीले प्रयोगकर्ताबाट डाटा खरिद गर्ने उद्देश्यका साथ ‘स्टडी फ्रम फेसबुक’ नामक एपलाई पूनः सञ्चालनमा ल्याएको हो । यसअघि पनि यो एप सञ्चालनमा ल्याएको भएतापनि बीचमा यो एप बन्द गरिएको थियो । हालभने कम्पनीले यसलाई थप व्यवस्थित र नियममा केही परिवर्तन गर्दै यसलाई ल्याएको जनाएको छ । विशेषगरी बजार अध्ययनको लागि फेसबकुले यो एप ल्याएको हो । प्रयोगकर्ताले कुन एप कति प्रयोग गर्छन्, एपको कुन फिचर बढी प्रयोग गर्छन्, फेसबुककै अन्य प्रतिस्पर्धी एपको कुन फिचरलाई प्रयोगकर्ताले मन पराएका छन् भनी अध्ययन गर्नेछ । यो एप एन्ड्रोइड भर्सनमामात्रै उपलब्ध छ । जब प्रयोगकर्ताले उक्त एप डाउनलोड गरि इन्स्टल गर्छन तब यसले फेसबुकलाई प्रयोगकर्तासँग कुन कुन अन्य एप छन्, कुन एप बढी प्रयोग गर्छन भएका एपमध्येबाट पनि कुन एपको कुन फिचरमा प्रयोगकर्ताले कति समय खर्च गरिरहेका विश्लेषण गर्नेछ । यसरी प्रयोगकर्ताबाट लिएको डेटाको आधारमा कम्पनीले प्रयोगकर्तालाई पैसा दिने उल्लेख गरिएको छ । तर, यसरी संकलन गरिएक...

Get E-pass from online

Image
Apply for e-pass लकडाउनका बेला अत्यावश्यक काम पर्याे, अब घरबाटै यसरी लिनुहाेस् इ–पास काठमाडौँ । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी सँगको देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमश: प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ । सो सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरुमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्ताहरुलाई एसएमएस मार्फत जानकारी गराउने छ । सएमएस प्राप्त भए पश्चात कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले युएसएसडीमार्फत *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् । सो सर्वेक्षण देवनागरी लिपिमा उपलब्ध हुनेछ र हरेक प्रश्नको उत्तर यदि ‘हाे वा ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनु पर्नेछ । नेपाल सरकार, गृह मन्त्रालयको ई–पास सम्बन्धी वेब पोर्टल epass.moha.gov.np मार्फत आवेदन प्राप्त भएपछि ई–पास उपलब्ध गराउने सम्बन्धी जानकारी नेपाल टेलिकमको मोबाइल भएका सम्बन्ध...

Birganj Metropolitan City Notice !!!!

Image
Read More>>> Important Notice Read once:

COVID-19- Birgunj

Image
Police caught the person at Alau Border  विश्वब्यापी रुपलै फैलिरहेको (कोभेड १९) नोबेल कोरोना भाईरस वीरगंजमा कोरोना भाईरस संक्रमित ३ जनाको पुष्टि भएपछि । सशस्त्र प्रहरी बल बिओपीले वीरगंज महानगरपालिका वडा नम्बर १५ श्रिसिया बाट ५ जनालाई नियन्त्रणमा लिई वीरगंज भन्सार नजिक रहेको केडिया डेन्टल हस्पिटलको क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनु भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर २५ बाट पश्चिमी चम्पारण पकरी २ वस्ने बर्ष १७ को जंहिर शाह त्ससै गरि पकरी २ बस्ने वर्षा १८ को अर्वज शाह , अजाद अंसारी, प्रदिप कुमार , मोतिहारी बिहार अमिर खाउटोलका मो. निसार लगाएको ब्यक्तिहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए। नेपाल भारतको सिमानाका सशस्त्र प्रहरी बल बिओपीले २ किलोमिटरको दुरीमा खटेर नाकाको पुर्णरुपले आवतजावत बन्द गरेको सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख रबि थापाले बताएका छन्

Good News for All Parseli:

Image
भोलिदेखि वीरगञ्जमै कोरोना परीक्षण हुन्छ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमामा जडान गर्ने बताएका छन् । कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको थियो । मंगलबार वीरगञ्जमा र यही साताभित्र राजविराजमा ल्याब स्थापना गर्ने मुख्यमन्त्री राउतले जानकारी गराएका छन् ! जनकपुरमा ल्याब सञ्चालनमा आइसकेको छ’ मुख्यमन्त्री राउतले नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशमा भनेका छन् ‘वीरगञ्जमा समेत भोलिदेखी ल्याब सञ्चालनमा आईसक्ने जानकारी गराउँदछु ।” कोरोनाको उपचारको लागि एक दुई दिनभित्र महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने उनले बताए ।

News Update about Lockdown:

Image
सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

World Bank warning ⚠ to Nepal

Image
विश्व बैकले चेतावनी दिदै भन्यो: कोरोना भाइरसका कारण नेपाल ४० वर्ष पछि जान सक्छ पहिले देखि नै आर्थिक संकटको सामना गरिरहेका नेपाल लगायतका देशहरुमा कोरोनाभाइरसका कारण ठुलो नोक्सान देखिने भएको छ । विश्व बैंकले दिएको जानकारी अनुसार दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षमा सबैभन्दा कम हुनेछ । यसले यो क्षेत्रले दशकौँदेखि गरिबीविरूद्ध हासिल गरेको उपलब्धिलाई तहसनहस पार्ने देखिएको छ । भारत, बङ्ग्लादेश, श्रीलङ्का र पाकिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण अहिलेसम्म कम भएपनि ती देशहरूमा सङ्क्रमण ह्वात्तै बढ्न सक्ने विज्ञहरूको भनाइ छ । दक्षिण एशियामा एक अर्ब ८० करोड मानिसहरू बस्छन् र यो क्षेत्रमा संसारमै सबैभन्दा बढी जनघनत्व भएका सहरहरू छन्। विश्व बैंकको प्रतिवेदनमा भनिएको छ, ‘दक्षिण एशिया प्रत्युत्पादक असरको आँधीमा छ। पर्यटन छैन्, आपूर्ति तोडिएको छ, कपडाको माग छैन र ग्राहक एवम् लगानीकर्ताहरू निराश छन् ।’ विश्व बैंकले यो क्षेत्रमा यो वर्ष आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशत हुने आकलन गरेको छ । यो आकलन वर्षको शुरूमा ६.३ प्रतिशत थियो । दक्षिण एशियाका कम्तीमा आधा देशहरूमा ‘गम्भीर आर्थिक मन्दी’ देख...

नेपालमा थपिए कोरोना संक्रमित, संक्रमित संख्या १६ पुग्यो:

Image
नेपालमा फेरी २ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्:  अब नेपालमा संक्रमित संख्या १६ पुगेको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट हिँजो पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

Ncell Offer !!!!!!

Image
नयाँ वर्षमा एनसेलकाे अफरः डिजिटल सेवा निःशूल्क, अन्तर्राष्ट्रिय कलमा छूट:  नयाँ वर्ष २०७७ को अवसरमा मोबाइल सेवा प्रदाय कम्पनी एनसेल विशेष/  कम्पनीका ग्राहकले विश्वका १५ देशमा केवल २.४९ रुपैयाँ प्रति मिनेट (कर सहित रु ३.१८) मा कुरा गर्न सक्नेछन् भने विभिन्न डिजिटल सेवाहरु ‍एक महिनाको लागि निःशूल्क प्रयोग गर्न पाउनेछन् ।  श्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन अन्तर्राष्ट्रिय कलको दरमा छूट दिइएको कम्पनीले जनाएको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ ।  अन्तर्राष्ट्रिय कलको दरमा छूट उपलब्ध गराइएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेसिया रहेका छन् ।   एनसेलका ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्...

भारतमा लकडाउन ३ मे सम्मका लागि थपियो

Image
भारतमा लकडाउनको अवधि ३ मे सम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधनको क्रममा लकडाउनको म्याद १८ दिनको लागि थपिएको बताउनुभएको छ । राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा प्रष्ट्याउनुभयो । भारतमा कोरोनाभाइर संक्रमणको बढ्दो जोखिमका बीच मार्च २५ देखि तीन साताको लागि लकडाउनको घोषणा गरिएको थियो ।

Get Corona Update:

Image
Coronaviruses are a group of related viruses that cause diseases in mammals and birds. In humans, coronaviruses cause respiratory tract infections that can range from mild to lethal. Mild illnesses include some cases of the common cold (which has other possible causes, predominantly rhinoviruses), while more lethal varieties can cause SARS, MERS, and COVID-19. Symptoms in other species vary: in chickens, they cause an upper respiratory tract disease, while in cows and pigs they cause diarrhea. There are yet to be vaccines or antiviral drugs to prevent or treat human coronavirus infections.

Breaking News:-

Image
नेपालमा २ जना थपिए, संक्रमित संख्या १४ : मन्त्रालय                     नेपालमा २ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कैलालीमा एक महिला र रौतहटमा १९ बर्षीय युवा संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा भने कैलालीको लम्किचुहाकी महिला र रौतहटका पुरुष संक्रमित पुष्टि भएकाले उनीहरुलाई आइसोलेशनमा राख्न टोली पुगिसकेको छ । योसँगै सरकारले गरिरहेको र्‍यापिड टेष्टमा शंका उब्जिएको छ । र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि उक्त टेष्ट कीटमा शंका उत्पन्न भएको हो । कैलाली ६५ वर्षीया महिलालाई र्‍यापिड टेष्ट गरेर उक्त टेष्टमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो । त्यसपछि फेरी पीसीआर बिधिबाट प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए । स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुम...
Image
Happy New Year of 2077 to all Nepali. Stay Home Stay Safe  Be careful from corono virus.  Thank You  Good Bye!