लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने:

लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने
लकडाउनको समयमा काम नगर्ने कुनै पनि कर्मचारीको तलब काट्न नपाइने भएको छ । लकडाउनको कारण घरमै बस्न बाध्य भएका सबै कर्मचारीको तलब काट्न नपाउने सरकारले निर्णय गरेको हो ।यस अवधीलाई सार्वजनिक विदामा मिलाउन सूचनामा भनिएको छ ।सोमबार राजपत्रमा प्रकाशित भए अनुसार सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउने  गरी त्यसरी विदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउन हाललाई बैशाख २५ गतेसम्म कायम गरिएको छ।

Comments

Popular posts from this blog

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: