Get E-pass from online
लकडाउनका बेला अत्यावश्यक काम पर्याे, अब घरबाटै यसरी लिनुहाेस् इ–पास
काठमाडौँ । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी सँगको देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमश: प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ । सो सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरुमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्ताहरुलाई एसएमएस मार्फत जानकारी गराउने छ ।
सएमएस प्राप्त भए पश्चात कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले युएसएसडीमार्फत *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् । सो सर्वेक्षण देवनागरी लिपिमा उपलब्ध हुनेछ र हरेक प्रश्नको उत्तर यदि ‘हाे वा ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनु पर्नेछ ।
नेपाल सरकार, गृह मन्त्रालयको ई–पास सम्बन्धी वेब पोर्टल epass.moha.gov.np मार्फत आवेदन प्राप्त भएपछि ई–पास उपलब्ध गराउने सम्बन्धी जानकारी नेपाल टेलिकमको मोबाइल भएका सम्बन्धित निवेदकहरुलाई सर्ट कोड १११२ मार्फत पठाउन सकिनेछ । उक्त कोड ई–पास उपलब्ध गराउने प्रयोजनका लागि सञ्चालन गरिएको जनाइएकाे छ ।
लकडाउन अवधिभरको लागि उक्त सर्ट कोडमार्फत पठाइने एसएमएस कम्पनीले निस्शुल्क गरेको छ भने सो सर्ट कोडसञ्चालनको लागि नेपाल टेलिकमले एसएमपीपी एकाउन्ट तथा भीपीएन कनेक्सन समेत नि:शुल्क उपलब्ध गराएको छ । साथै कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको ई–पास सम्बन्धी वेब पोर्टल epass.moha.gov.npप्रयोग गर्दा खपत हुने मोबाइल डाटा समेत लकडाउन अवधिभरको लागि कम्पनीले निशुल्क गरेको छ ।
Comments
Post a Comment