Breaking News:-



नेपालमा २ जना थपिए, संक्रमित संख्या १४ : मन्त्रालय
                    नेपालमा २ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कैलालीमा एक महिला र रौतहटमा १९ बर्षीय युवा संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा भने कैलालीको लम्किचुहाकी महिला र रौतहटका पुरुष संक्रमित पुष्टि भएकाले उनीहरुलाई आइसोलेशनमा राख्न टोली पुगिसकेको छ । योसँगै सरकारले गरिरहेको र्‍यापिड टेष्टमा शंका उब्जिएको छ । र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि उक्त टेष्ट कीटमा शंका उत्पन्न भएको हो । कैलाली ६५ वर्षीया महिलालाई र्‍यापिड टेष्ट गरेर उक्त टेष्टमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो । त्यसपछि फेरी पीसीआर बिधिबाट प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए । स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । ‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए । हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले भनेका छन् । क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् । तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो । यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comments

Popular posts from this blog

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ:

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्: