जेठ १५ अगाडि विद्यालय खुल्दैनन् !
जेठ १५ अगाडि विद्यालय खुल्दैनन् !
कोरोना भाइरस (कोभिड–१९) का कारण अरु जस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन भने एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक गर्न सकिएको छैन । यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ ।
साथै, कारोनाको त्रा स कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘कोरोनाको त्रा स कहिलेसम्म रहन्छ, कसैलाई पनि थाहा छैन । भारतमा कोरोना अन्त्य नभएसम्म हामी सधँै त्र सि त हुनुपर्ने भएकाले शिक्षामा वैकल्पिक व्यवस्था गर्न लागेका छौँ ।’
निजी विद्यालयहरुको छाता संगठन (प्याब्सन)का अध्यक्ष टिकाराम पुरी भन्छन्, ‘वैशाख १५ मै लकडाउन खुलेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन ।’
लकडाउन खोलेको एक सातामा रिजल्ट प्रकाशित गर्ने र त्यसपछि भर्ना लिने मन्त्रालयको प्रस्तावमा आफूहरुको सहमति रहेको भन्दै उनले भने, ‘लकडाउन खुलेपछि रिजल्ट प्रकाशन, भर्ना र पाठ्यपुस्तकको व्यवस्था गर्न स्कुलहरुलाई २० देखि ३० दिन चाहिन्छ । यसरी हेर्दा वैशाख १५ मा लकडाउन खुलेपछि जेठ १५ अगाडि विद्यालय सञ्चालन गर्न नसकिने देखिएको छ ।’
Comments
Post a Comment