निजी विद्यालय वैशाख १५ देखि खुल्ने:


निजी विद्यालय वैशाख १५ देखि खुल्ने:
निजी विद्यालयले एक सातापछि अर्थात् वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् । कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्नालगायतका सम्पँर्ण काम ठप्प छ । सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ । अधिकांश विद्यालयले कक्षा १–९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् । चैत पहिलो साता केही ठँला विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति तय गरेका थिए ।
चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन् भने केहीको परीक्षा रद्द भएको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताए । उनले भने– ‘वैशाख १५ बाटै अनलाइनमार्फत भर्ना, प्रवेश परीक्षा र परीक्षाफल प्रकाशित गर्ने काम गर्नेछौं ।’ सरकारले लकडाउन खुला गरे पनि तत्काल विद्यालय खोल्न अनुमति दिँदैन ।पुरीले सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरराजमणि पोखरेललाई कक्षा सञ्चालन र प्रवेश परीक्षा लिने विषयमा जानकारी गराइसकेको बताए ।
‘मैले मन्त्रीज्यँसँग कक्षा रोकिएको परीक्षाफल प्रकाशित गर्नेदेखि नयाँ शैक्षिक सत्र शुरू गर्नेसम्मको विषयमा कुरा गरिसकेको छु, उहाँले मन्त्रालयमा बैठक राखेर निर्णय गर्छु भन्नुभएको छ।’–मन्त्री पोखरेलसँग भएको कुराकानीको विषयमा जानकारी गराउँदै प्याब्सन अध्यक्ष पुरीले भने। नेपाल समाचार दैनिकबाट ।

Comments

Popular posts from this blog

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री

Facebook Update!

Ncell Support :