Good News for All Parseli:

भोलिदेखि वीरगञ्जमै कोरोना परीक्षण हुन्छ
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमामा जडान गर्ने बताएका छन् ।

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको थियो । मंगलबार वीरगञ्जमा र यही साताभित्र राजविराजमा ल्याब स्थापना गर्ने मुख्यमन्त्री राउतले जानकारी गराएका छन् !

जनकपुरमा ल्याब सञ्चालनमा आइसकेको छ’ मुख्यमन्त्री राउतले नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशमा भनेका छन् ‘वीरगञ्जमा समेत भोलिदेखी ल्याब सञ्चालनमा आईसक्ने जानकारी गराउँदछु ।”

कोरोनाको उपचारको लागि एक दुई दिनभित्र महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने उनले बताए ।

Comments

Popular posts from this blog

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: