नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली ! आफूलाई चतुर नेताको रुपमा प्रस्तुत गर्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर नेपाल भ्रमणमा आउने खबरले चर्चा पाइरहेको छ । यही बेला नरेन्द्र मोदीको झूठको ठूला पर्दाहरु खुल्ने संकेत देखिएको छ । उनले आफूलाई मानविकी संकायको डिग्री होल्डर बताउँदै आए पनि वास्तवमा उनले कुनै डिग्री नलिएका र डिग्रीको सर्टिफिकेट नै नक्कली हुनसक्ने आधारहरु तयार हुन थालेका छन् । आम आद्मी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीको बिषयमा छानबिन हुनुपर्ने माग गरेपछि यो बिषयमा छानबिन सुरु भएको छ । केजरीवालले भारतका मुख्य सूचना आयुक्तलाई एक चिठी नै लेखेर नरेन्द्र मोदीको डिग्रीको बिषयमा मागिएको जानकारी उपलब्ध गराउन आग्रह गरेका छन् । केजरीवालले एक मिडिया रिपोर्टमा भनेका छन् कि केन्द्रीय सूचना आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्रीभित्रको फट्याईंलाई छोप्न खोजेको र डिग्रीको बिषयमा आवश्यक जानकारी दिन अस्वीकार गरेको छ । उनले मोदीको डिग्रीको बिषयमा सूचना नदिए यसले गलत परम्परा ब...
हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मा भगवान को हुन् ? भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ । उनको अनन्त र अनुपम कृतिमा सत्ययु...
कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । उनले भारतमा सङ्क्रमणको स्थिति मुल्यांक गरेरमात्र सीमा खोल्ने विषयमा स्पष्ट पारिने बताए । शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताए । सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको प्रधानमन्त्रीको भनाइ थियो । कोरोना भाइरस विश्वमा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताए । प्रधानमन्त्रीले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो...
Comments
Post a Comment