कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । उनले भारतमा सङ्क्रमणको स्थिति मुल्यांक गरेरमात्र सीमा खोल्ने विषयमा स्पष्ट पारिने बताए । शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताए । सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको प्रधानमन्त्रीको भनाइ थियो । कोरोना भाइरस विश्वमा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताए । प्रधानमन्त्रीले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो...
एसईई परीक्षा बारे सरकारले बोल्यो: कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तिम समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चित कालका लागि स्थगित भएको छ । यस्तो अवस्थामा कुनै सूचना नआउँदा विद्यार्थी अन्यौलमा थिए । पछिल्लोपटक सरकारले गरेको निर्णयअनुसार वैशाख १५ सम्म लकडाउन कायम रहनेछ । त्यसपछि पनि लकडाउन खुल्ने नखुल्ने यसै भन्न सकिन्न । यसले परीक्षाको तयारीमा रहेका विद्यार्थी र अभिभावकमा एसईई परीक्षा के हुन्छ भन्ने चासो बढेको छ । सरकारको अहिलेसम्मको तयारी हेर्दा ढिलो चाँडो परीक्षा गर्ने नै देखिन्छ । परीक्षा गर्नुको विकल्प पनि छैन । परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा राय दिन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा कार्यदल नै बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको अहिलेसम्मको तयारी भने लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने रहेको स्रोतले बताएको छ ।
वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए। ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका ...
Comments
Post a Comment