नेपालमा एकै दिन १४ संक्रमित थपिए, संक्रमितकाे संख्या ३० पुग्याे:
नेपालमा एकै दिन १४ संक्रमित थपिए, संक्रमितकाे संख्या ३० पुग्याे:
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ ।
मन्त्रालयले जारी गरेको विवरण अनुसार कोभिड १९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ । जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०,४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) रहेको मन्त्रालयले जनाएको छ ।
उदयपुरका संक्रमित मध्ये केही केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् ।
Comments
Post a Comment