Posts

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो...

Image
दुनिया कोरोनाको चपेटामा फसेको लगभग छ महिना बितिसक्दा पनि यसको कुनै निश्चित औषधि भने अहिलेसम्म पता लागेको छैन।  त्यस्तै आज कोरोना बाट संक्रमित हुने संख्या एक करोड नाघेसंगै यसबाट पाँच लाखभन्दा बढी मानिसहरूले ज्यान समेत गुमाई सकेका छन्।  खुशीको कुरा त यो छ कि लगभग पचास प्रतिशत भन्दा बढी मानिसहरुले यस कोरोना लाई जितेर निको भएका छन्  हालसम्म सबैभन्दा बढी कोरोनाको संक्रमित संख्या अमेरिकामा रहेका छन्। त्यहाँ पचिस लाख भन्दाबढी संक्रमित रहेका छन् भन्ने साँवा लाखन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ।  त्यस्तै नेपालमा पनि यसमा भाइरसको प्रकोप दिन प्रतिदिन बढिरहेको छ। नेपालमा हालसम्म १२३०९ जना कोरोना संक्रमित छन्। जसमध्ये २९ जनाको मृत्यु भइसकेको छ र २८३४ जना निको भएर घर फर्किएका छन्।

नाला बनाउन हारगुहार गरे अलौँ-१७ वडाबासिले वडाअध्यक्ष लाई...

Image
  जताततै विकास कार्य भइरहँदा सेल्फी लिने वडा अध्यक्ष ज्यु कृपया यहाँ पनि एउटा सेल्फी लिएर त ल्याउनुहोस्!  ठेक्कापट्टा लगाइदिने तर कार्यस्थलमा के कस्तो भइरहेको छ भन्ने निरीक्षण पनि नगर्ने यो कहाँको उचित भयो र! वडा अध्यक्ष ज्यु।  तपाईंले एउटा अनुरोध छ कि वर्षायाम सुरु भइसकेको छ त्यसैले जुन बाटोघाटो बनाउने, नाला बनाउने कार्य छ त्यसलाई छिटो भन्दा छिटो सम्पन्न गरिदिनुहोस् नत्र भने हाम्रो घर भत्केर जान्छ, त्यतिमात्र होइन कि घरमा पानी पस्यो भने फेरि एउटा अर्को नयाँ समस्या सिर्जना हुन्छ। ➡️गुनासो :- सम्पूर्ण अलौं-१७ वडाबासि

सधैंका लागि SEE हटाइयो...

Image

श्री द्वारदेवी मा.बि. अलौं को क्वारेन्टाइनमा भारतबाट आएका १३ जनालाई राखियो:

Image
बिश्वभरी फैलिएको माहामारी र लकडाउनको कारण भारतको तामिलनायडु बाट आएका अलौको १३ जना लाई प्रहरी प्रशासन र गाउलेहरुको सहयोगमा बिरगंज महा-नगरपालिका अलौ १७ द्वारदेवी माध्यमिक विद्यालय को क्वारेन्टाइनमा राखियो । १३ जना सबै भारतको बोर्डर हरैयामा तीन दिन देखि अलपत्र परेर बसेका थिए। उनिहरुले भने हामीहरु सुरक्षित छौ तर हामि नेपालमा तब सम्म नआउने जब सम्म हामीहरुलाई नेपालमा ल्याई क्वारेन्टाइन मा राखिदैन। हामीलाई क्वारेन्टाइन मा राखी हाम्रो परिक्षण गरियोस हाम्रो कारण हाम्रो गाउले लाई कुनै समस्या नहोस उनिहरुको माग थियो। बोर्डरमा उनिहरुलाई तीन दिन देखि खाना र बस्न को लागि कुनै ब्यवस्थापन नभएपछी जिल्ला प्रशासन, प्रहरी र् गाउलेहरुको पहलमा आज नेपाल ल्याई बिरगंज १७ अलौंको द्वारदेवी माध्यमिक बिद्यालयको  क्वारेन्टाइनमा राखिएको छ।

नेपालमा कोरोना संक्रमणबाट २ को मृत्यु:

Image
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो । उनी केही दिनअघि भारतबाट आएको खुलेको छ । शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ । ३६ जना भने निको भएका छन् ।

Breakingh News:- भारतले चीनको रेकर्ड पनि Break गर्यो...

Image
विश्व कोरोनाको कहरले जुधिरहेको अवस्थामा, भारतले चीनलाई पनि पछि पारेको छ। चीनमा हाल ८२ हजार ९ सय ३३ कोरोना संक्रमित संख्या रहेका छन् , तेस्तै भारतमा 83 हजार भन्दा बढी कोरोना संक्रमित पुष्टि भएसँगै भारतले चीनको रेकर्ड पनि तोडेको छ। तर कोरोना भाइरस बाट मृत्यु हुने को संख्या अहिले भारतभन्दा पनि चीनमा दोब्बर रहेका छन्। भारतमा हाल लगभग २६०० र चीनमा ४६०० यो कोरोना भाइरसबाट मर्नेको संख्या हो। विश्वमा अहिले कोरोना संक्रमितको संख्या बढिरहेकोले यसको प्रभाव भारतमा पनि पूर्ण रुपमा देखिएको छ। जुन भारतका लागि एकदमै चुनौतीपूर्ण अवस्था हो। यदि यो क्रम भारतमा चाँडै रोकिएन भने यसको प्रभाव सिधा छिमेकी मुलुक नेपालमा पनि पर्न सक्छ, भन्ने जानकारहरु बताउँछन्। 

विश्वलाई पछि पार्दै रसिया तेस्रो स्थानमा उक्लियो:

Image
विश्वमा अहिले कोरोना संक्रमण बढेसंगै हाल २ लाख ६२ हजार ८ सय ४३ रुसमा कोरोना सङ्क्रमितहरू रहेका छन्। जुन विश्वकै तेस्रो सबैभन्दा बढी कोरोना संक्रमित संख्या रहेको देश  पुष्टि भएको छ। अहिले पनि यो क्रम लगातार बढिरहेकोले योे स्पेनको पनि रेकर्ड तोडेर दोस्रो स्थानमा उक्लिन सक्ने विशेषज्ञहरु बताउँ छन्। दैनिक लगभग 10 हजारभन्दा बढी कोरोना संक्रमितहरुको भेटिरहेका छन्। त्यहाँ अहिले भयावह आवस्था रहेको छ।