श्री द्वारदेवी मा.बि. अलौं को क्वारेन्टाइनमा भारतबाट आएका १३ जनालाई राखियो:


बिश्वभरी फैलिएको माहामारी र लकडाउनको कारण भारतको तामिलनायडु बाट आएका अलौको १३ जना लाई प्रहरी प्रशासन र गाउलेहरुको सहयोगमा बिरगंज महा-नगरपालिका अलौ १७ द्वारदेवी माध्यमिक विद्यालय को क्वारेन्टाइनमा राखियो । १३ जना सबै भारतको बोर्डर हरैयामा तीन दिन देखि अलपत्र परेर बसेका थिए। उनिहरुले भने हामीहरु सुरक्षित छौ तर हामि नेपालमा तब सम्म नआउने जब सम्म हामीहरुलाई नेपालमा ल्याई क्वारेन्टाइन मा राखिदैन। हामीलाई क्वारेन्टाइन मा राखी हाम्रो परिक्षण गरियोस हाम्रो कारण हाम्रो गाउले लाई कुनै समस्या नहोस उनिहरुको माग थियो। बोर्डरमा उनिहरुलाई तीन दिन देखि खाना र बस्न को लागि कुनै ब्यवस्थापन नभएपछी
जिल्ला प्रशासन, प्रहरी र् गाउलेहरुको पहलमा आज नेपाल ल्याई बिरगंज १७ अलौंको द्वारदेवी माध्यमिक बिद्यालयको  क्वारेन्टाइनमा राखिएको छ।

Comments

Popular posts from this blog

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: