नेपालमा कोरोना संक्रमणबाट २ को मृत्यु:


नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो । उनी केही दिनअघि भारतबाट आएको खुलेको छ ।

शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ । ३६ जना भने निको भएका छन् ।

Comments

Popular posts from this blog

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली!!!!

विश्वकर्मा पुजाको महत्व।

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री