Posts

श्री द्वारदेवी मा.बि. अलौं को क्वारेन्टाइनमा भारतबाट आएका १३ जनालाई राखियो:

Image
बिश्वभरी फैलिएको माहामारी र लकडाउनको कारण भारतको तामिलनायडु बाट आएका अलौको १३ जना लाई प्रहरी प्रशासन र गाउलेहरुको सहयोगमा बिरगंज महा-नगरपालिका अलौ १७ द्वारदेवी माध्यमिक विद्यालय को क्वारेन्टाइनमा राखियो । १३ जना सबै भारतको बोर्डर हरैयामा तीन दिन देखि अलपत्र परेर बसेका थिए। उनिहरुले भने हामीहरु सुरक्षित छौ तर हामि नेपालमा तब सम्म नआउने जब सम्म हामीहरुलाई नेपालमा ल्याई क्वारेन्टाइन मा राखिदैन। हामीलाई क्वारेन्टाइन मा राखी हाम्रो परिक्षण गरियोस हाम्रो कारण हाम्रो गाउले लाई कुनै समस्या नहोस उनिहरुको माग थियो। बोर्डरमा उनिहरुलाई तीन दिन देखि खाना र बस्न को लागि कुनै ब्यवस्थापन नभएपछी जिल्ला प्रशासन, प्रहरी र् गाउलेहरुको पहलमा आज नेपाल ल्याई बिरगंज १७ अलौंको द्वारदेवी माध्यमिक बिद्यालयको  क्वारेन्टाइनमा राखिएको छ।

नेपालमा कोरोना संक्रमणबाट २ को मृत्यु:

Image
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो । उनी केही दिनअघि भारतबाट आएको खुलेको छ । शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ । ३६ जना भने निको भएका छन् ।

Breakingh News:- भारतले चीनको रेकर्ड पनि Break गर्यो...

Image
विश्व कोरोनाको कहरले जुधिरहेको अवस्थामा, भारतले चीनलाई पनि पछि पारेको छ। चीनमा हाल ८२ हजार ९ सय ३३ कोरोना संक्रमित संख्या रहेका छन् , तेस्तै भारतमा 83 हजार भन्दा बढी कोरोना संक्रमित पुष्टि भएसँगै भारतले चीनको रेकर्ड पनि तोडेको छ। तर कोरोना भाइरस बाट मृत्यु हुने को संख्या अहिले भारतभन्दा पनि चीनमा दोब्बर रहेका छन्। भारतमा हाल लगभग २६०० र चीनमा ४६०० यो कोरोना भाइरसबाट मर्नेको संख्या हो। विश्वमा अहिले कोरोना संक्रमितको संख्या बढिरहेकोले यसको प्रभाव भारतमा पनि पूर्ण रुपमा देखिएको छ। जुन भारतका लागि एकदमै चुनौतीपूर्ण अवस्था हो। यदि यो क्रम भारतमा चाँडै रोकिएन भने यसको प्रभाव सिधा छिमेकी मुलुक नेपालमा पनि पर्न सक्छ, भन्ने जानकारहरु बताउँछन्। 

विश्वलाई पछि पार्दै रसिया तेस्रो स्थानमा उक्लियो:

Image
विश्वमा अहिले कोरोना संक्रमण बढेसंगै हाल २ लाख ६२ हजार ८ सय ४३ रुसमा कोरोना सङ्क्रमितहरू रहेका छन्। जुन विश्वकै तेस्रो सबैभन्दा बढी कोरोना संक्रमित संख्या रहेको देश  पुष्टि भएको छ। अहिले पनि यो क्रम लगातार बढिरहेकोले योे स्पेनको पनि रेकर्ड तोडेर दोस्रो स्थानमा उक्लिन सक्ने विशेषज्ञहरु बताउँ छन्। दैनिक लगभग 10 हजारभन्दा बढी कोरोना संक्रमितहरुको भेटिरहेका छन्। त्यहाँ अहिले भयावह आवस्था रहेको छ। 

हिच्चकी आएर हैरान हुनुहुन्छ? अब हिच्चकीलाई निको पार्नुहोस् मात्र एक सकेन्डमा घरेलु वस्तुको प्रयोग बाट:

Image
हिच्चकी आएर हैरान हुनुहुन्छ?  अब हिच्चकीलाई निको पार्नुहोस् मात्र एक सकेन्डमा: अब तपाईंले हिच्चकी आएर हैरान हुनु भएको छ भने आज तपाईंको समस्याको अन्त्य हुनेछ।  हिच्चकी आएको बेला तपाईले एक चम्चा चिनी(sugar) खानुहोस् अनि हेर्नुहोस् जादु,  छु मन्तर। 

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

Image
नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्।  नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

थप १३ जनामा कोरोना पुष्टि, आज एकैदिन २४ जना थपिए ,संक्रमितको संख्या १३४ पुग्यो:

Image
           नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।