थप १३ जनामा कोरोना पुष्टि, आज एकैदिन २४ जना थपिए ,संक्रमितको संख्या १३४ पुग्यो:

          
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

Comments

Popular posts from this blog

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: