Posts

विश्वकर्मा पुजाको महत्व।

Image
हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मा भगवान को हुन् ? भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ । उनको अनन्त र अनुपम कृतिमा सत्ययु...

मन्त्रिपरिषद बैठक बसिरहेकै बेला प्रधानमन्त्रीको अचानक निधन:

Image
अचानक बिरामी परेपछि मन्त्रिपरिषद बैठकमैँ प्रधानमन्त्रीको निधन भएको छ । अचानक विरामी परेका आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको ६१ वर्षको उमेरमा निधन भएको हो । आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदार थिए । फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै आइभरी कोष्टका प्रधानमन्त्री मुलुक फर्किएका थिए ।

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो...

Image
दुनिया कोरोनाको चपेटामा फसेको लगभग छ महिना बितिसक्दा पनि यसको कुनै निश्चित औषधि भने अहिलेसम्म पता लागेको छैन।  त्यस्तै आज कोरोना बाट संक्रमित हुने संख्या एक करोड नाघेसंगै यसबाट पाँच लाखभन्दा बढी मानिसहरूले ज्यान समेत गुमाई सकेका छन्।  खुशीको कुरा त यो छ कि लगभग पचास प्रतिशत भन्दा बढी मानिसहरुले यस कोरोना लाई जितेर निको भएका छन्  हालसम्म सबैभन्दा बढी कोरोनाको संक्रमित संख्या अमेरिकामा रहेका छन्। त्यहाँ पचिस लाख भन्दाबढी संक्रमित रहेका छन् भन्ने साँवा लाखन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ।  त्यस्तै नेपालमा पनि यसमा भाइरसको प्रकोप दिन प्रतिदिन बढिरहेको छ। नेपालमा हालसम्म १२३०९ जना कोरोना संक्रमित छन्। जसमध्ये २९ जनाको मृत्यु भइसकेको छ र २८३४ जना निको भएर घर फर्किएका छन्।

नाला बनाउन हारगुहार गरे अलौँ-१७ वडाबासिले वडाअध्यक्ष लाई...

Image
  जताततै विकास कार्य भइरहँदा सेल्फी लिने वडा अध्यक्ष ज्यु कृपया यहाँ पनि एउटा सेल्फी लिएर त ल्याउनुहोस्!  ठेक्कापट्टा लगाइदिने तर कार्यस्थलमा के कस्तो भइरहेको छ भन्ने निरीक्षण पनि नगर्ने यो कहाँको उचित भयो र! वडा अध्यक्ष ज्यु।  तपाईंले एउटा अनुरोध छ कि वर्षायाम सुरु भइसकेको छ त्यसैले जुन बाटोघाटो बनाउने, नाला बनाउने कार्य छ त्यसलाई छिटो भन्दा छिटो सम्पन्न गरिदिनुहोस् नत्र भने हाम्रो घर भत्केर जान्छ, त्यतिमात्र होइन कि घरमा पानी पस्यो भने फेरि एउटा अर्को नयाँ समस्या सिर्जना हुन्छ। ➡️गुनासो :- सम्पूर्ण अलौं-१७ वडाबासि

सधैंका लागि SEE हटाइयो...

Image

श्री द्वारदेवी मा.बि. अलौं को क्वारेन्टाइनमा भारतबाट आएका १३ जनालाई राखियो:

Image
बिश्वभरी फैलिएको माहामारी र लकडाउनको कारण भारतको तामिलनायडु बाट आएका अलौको १३ जना लाई प्रहरी प्रशासन र गाउलेहरुको सहयोगमा बिरगंज महा-नगरपालिका अलौ १७ द्वारदेवी माध्यमिक विद्यालय को क्वारेन्टाइनमा राखियो । १३ जना सबै भारतको बोर्डर हरैयामा तीन दिन देखि अलपत्र परेर बसेका थिए। उनिहरुले भने हामीहरु सुरक्षित छौ तर हामि नेपालमा तब सम्म नआउने जब सम्म हामीहरुलाई नेपालमा ल्याई क्वारेन्टाइन मा राखिदैन। हामीलाई क्वारेन्टाइन मा राखी हाम्रो परिक्षण गरियोस हाम्रो कारण हाम्रो गाउले लाई कुनै समस्या नहोस उनिहरुको माग थियो। बोर्डरमा उनिहरुलाई तीन दिन देखि खाना र बस्न को लागि कुनै ब्यवस्थापन नभएपछी जिल्ला प्रशासन, प्रहरी र् गाउलेहरुको पहलमा आज नेपाल ल्याई बिरगंज १७ अलौंको द्वारदेवी माध्यमिक बिद्यालयको  क्वारेन्टाइनमा राखिएको छ।

नेपालमा कोरोना संक्रमणबाट २ को मृत्यु:

Image
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो । उनी केही दिनअघि भारतबाट आएको खुलेको छ । शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ । ३६ जना भने निको भएका छन् ।