फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

रेड जोनमा नेपालगञ्ज : फेरी थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए:
आजै (आइतबार) यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ।यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै पुष्टि गरेका छन् ।यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।आज भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टि भएका १६ वर्षदेखि ६० वर्ष उमेरसम्मका छन् । तीमध्ये पुरुष ३ जना छन् जसको उमेर क्रमस १६ २१ र ३४ रहेको छ भने ४०, ५५, र ६० वर्ष उमेरका  ३ जना महिलाहरु हुन्  ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो । तर बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन ।नेपालमा यति सानो उमेरमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो ।यसअघि ६९ पुगेको संक्रमितको संख्या ६ जना थपिएसँगै ७५ पुगेको छ । पुराना संक्रमितको सम्पर्कमा गएका ९० जनाको स्वाब परीक्षण भएकाेमा दिउँसाे ९ जनामा पुष्टि भएकाे थियाे भने अहिले ६ जना थपिएका छन् ।

Comments

Popular posts from this blog

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्: