वीरगञ्जमा एकै दिन थपिए १७ कोरोना संक्रमित, संक्रमितको संख्या ९९ पुग्यो:


नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । आज एकैदिन पर्साको वीरगञ्जमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा दश पुरुष र सात महिला छन् । संक्रमित हुनेमा दुई महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका मानिसहरु रहेका छन् । यसअघि संक्रमित भेटिएकै स्थानमा कन्ट्रयाक ट्रेसिङ गर्ने क्रममा थप संक्रमित भेटिएका हुन् ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी यसअघि कोरोना संक्रमण निको भएका तीन जनामा पुन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौंमा एकजना, पर्सामा एकजना र रौतहटमा एकजनाको पुन संक्रमण देखिएको हो । काठमाडौंमा संक्रमण देखिएकाको पाटन अस्पतालमा र अन्य दुईको पर्सास्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।मन्त्रालयका अनुसार कोरोना संक्रमण भएकामध्ये २२ जना निको भएर घर फर्केका छन् भने अन्यको विभिन्न अस्पतालहरुमा उपचार भइहरेको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Comments

Popular posts from this blog

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: