नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ:

नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
आज शनिबार नेपालमा थप ७ जना कोरोना संक्रमित भेटिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ८ बजे एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशि अस्पतालमा बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ पुष्टि भएको सङख्या ७ रहेको जनाएको छ । संक्रमित मध्ये ४ जना पुरुष र ३ जना महिला हुन् । उदयपुर झुल्के निवासी १८, ४५ र ६५ वर्षका तीन जना महिला र कपिलवस्तु निवासी १७ १८ र १८ वर्षका पुरुषहरु साथै पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष गरी जम्मा ७ जनामा संक्रमित भेटिएको हो । अहिलेसम्म भेटिएका संक्रमित १ सय ९ मध्ये जसमध्ये ७८ जना पुरुष हुन् भने ३१ जना महिला छन् । तीमध्ये केही नावालक पनि छन् ।

Comments

Popular posts from this blog

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली!!!!

विश्वकर्मा पुजाको महत्व।

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री