स्वास्थ्यकर्मीको सम्मानमा २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सबै नेपालीमा सरकारको आह्वान:


सरकारले वैशाख पर्सी २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सबै नेपालीमा आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।२५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ । वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको एक मन्त्रीले जानकारी दिए ।

Comments

Popular posts from this blog

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली!!!!

विश्वकर्मा पुजाको महत्व।

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री