नेपालमा कोरोना सङ्क्रमित को संख्या १२० पुग्यो:

कपिलस्तुमा थप १० जनामा कोरोना सङ्क्रमणपुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ बर्षका र उमेर नखुलेका एकजना गरि १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार आज सङ्क्रमण पुष्टि भएका सबैजना क्वारेन्टीनमै छन् र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । यो सँगै नेपालमा १ सय २० जनामा कोरोना पुष्टि भएको छ । ३३ जना निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । अहिलेसम्म सङ्क्रमण हुनेमा महिला भन्दा पुरुष धेरै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १० जनासमेत ८८ जना पुरुष र ३२ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सबैभन्दा धेरै प्रदेश ५ मा कारोनाको सङ्क्रमण देखिएको छ । त्यहाँ अहिलेसम्म ४० जनामा सङ्क्रमणपुष्टि भएको छ । यस्तै, प्रदेश १ मा ३५, प्रदेश दुईमा ३१ जना, वाग्मती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा दुई, र सुदूरपश्चिम प्रदेशमा पाँच जनालाई कोरोनाको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ५६ हजार ६ सय ५७ जनाको आरडीटी र १६ हजार ८ सय ९८ जनाको पीसीआर गरी ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

Popular posts from this blog

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: