थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि सङक्रमितको सङ्ख्या ६९ पग्यो:

थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि सङक्रमितको सङ्ख्या ६९ पग्यो:

नेपालमा आइतवार एकैदिन थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङक्रमितको सङ्ख्या ६९ पुगेको छ।नेपालगञ्जमा नौ र वीरगञ्जमा एक गरी दशजना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।वीरगञ्जमा ३६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ भने नेपालगञ्जमा पाँच पुरुष र चार महिला सङ्क्रमित भएका छन्।उनीहरू सातदेखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा जनाए।नेपालगञ्जमा सङक्रमित नौ जनालाई उपचारका लागि अस्पताल ल्याउने क्रममा रहेको उनले बताए।नमस्ते 

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ जनाको परीक्षण गरिएको छ भने र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,६८८ जनाको परीक्षण सम्पन्न भएको छ।गत चौबीस घण्टामा १,४७९जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।२१,९५१ क्वारन्टीनमा रहेको र ७७ जना एकान्तवास (आइसोलेशन)मा रहेको पनि डा. देवकोटाले जानकारी दिए।

Comments

Popular posts from this blog

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: