के गर्दै छ नेपाल सरकार?

के गर्दै छ नपाल सरकार? जहाँ तहाँ विवाद नै विवाद भइरहेका छन्। कहिले चिनियाँ नागरिकले त कहिले भारतीय नागरिकले नेपाली प्रहरीलाई हातपात गरेको समाचार सुन्दा ज्यादै चित्त दुखायो। यदि यही गतिविधि नेपाली नागरिकले गरेको भए कर्फ्युमाथि कर्फ्यु लाग्थ्यो होला, यतिबेला कहाँ छ सरकार?
यतिमात्र होइन भारतले त नेपालको नक्सा नै सिध्याउने तिर लागिसकेको छ जस्तो लाग्छ। लिपुलेक मिचेर त्यहाँ बाटो समेत बनाउन लागेको भारतमाथि किन नेपाल सरकार मौन भएको त? के वास्तवमा हाम्रो सरकारको नै कमी हो र!
यता चीनले सम्झौता विहिन नै सगरमाथाको मापन गरिसकेको छ र विश्वसामु सगरमाथा नेपालमा पर्छ भनेर दाबी गरि राखेको बेला पनि किन नेपाल सरकारले नेपालीको मनोभावनालाई नबुझेको त?
जब विदेशीले सगरमाथा नेपालमा पर्दछ भन्छन् त्यो बेला नेपालीलाई कस्तो महसुस हुन्छ यो कुरालाई नेपाल सरकारले किन नबुझन सकको?
स्वतन्त्र देश नेपालको सिमाना मिचिदा नेपालीलाई स्वतन्त्रको हक गुमेको जस्तो लाग्छ के हामी नेपाली र नेपाल स्वतन्त्र छैनौ र सरकार?
यो आवाज हामी नेपालीको हो।

Comments

Popular posts from this blog

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: